विष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ रिट लिएर पुगे सर्वोच्च


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
2.4K
SHARES

२७ असोज काठमाडौँ । नेकपा (एमाले)का नेता विष्णु पौडेलविरुद्ध रुपन्देही क्षेत्र नम्बर–२ बाट उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ आफ्नो उमेदवारी बदरविरुद्ध रिट लिएर बिहीबार सर्वोच्च अदालत पुगेका छन् ।

यही असोज २३ गते गुरुङले रुपन्देही–२ बाट दर्ता गराएको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो ।

उनले उमेदवारी बदरविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दिएका थिए । आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगविरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् ।