सत्यमोहन जोशीको निधनले स्तब्ध बनायो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
2K
SHARES

३० असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

आइतबार बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

“…नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहनेछ,” प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।