एमाले अध्यक्ष ओली अस्वस्थ, सम्पूर्ण चुनावी कार्यक्रम स्थगित


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९
1.8K
SHARES

१ कात्तिक झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् ।

झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।