झारफुकको बहानामा बलात्कार गरेको आरोपमा ६० वर्षीय एक व्यक्ति पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक ३ २०७९
2.4K
SHARES
३ कात्तिक काठमाडौं । धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले झारफुक गर्ने क्रममा ती महिलाकै घरमा बलात्कार गरेकोे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट