कपिलवस्तु दुर्घटना : मृतकको संख्या चार पुग्यो


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९
2.4K
SHARES

५ कार्तिक बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा थप दुईजनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी दुई र शनिबार दुई गरी चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सिउटीमा भएको ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी, जनक चौधरी, रमेश चौधरी र साइकलयात्री अमर तङनामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदै दुर्घटनाग्रस्त भएको थियो ।