शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला – नेता रावल


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ९ २०७९
1.9K
SHARES

९ कार्तिक काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता डा. भीम रावलले ‘नो नट अगेन’ लेख्न तथा भन्न नपाउने निर्वाचन आयोगको निर्णयमाथि कटाक्ष गरेका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत आयोगमाथि कटाक्ष गर्दै प्रश्न गरेका छन्, “कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?”

रावलले आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ को सञ्चारको हकविरूद्ध भएको उल्लेख गरेका छन् ।