घोषणापत्र शनिबार सार्वजनिक गर्नेछौँ – कांग्रेस


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ११ २०७९
2K
SHARES

११ कार्तिक काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र शनिबार (भोलि) सार्वजनिक गर्ने तयारी छ । आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घोषणापत्र भोलि सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

भोलि (शनिबार) सार्वजनिक गर्नेछौँ । म बालुवाटारमा छु, प्रमको समय फिक्सड गर्नेछु,” पौडेलले शुक्रबार बिहान बाह्रखरीसित भने ।

शनिबार बिहान १० बजे सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको घोषणापत्र लेखन समितिका एक सदस्यले बताए ।घोषणापत्र सार्वजनिक कार्यक्रम यसअघि पटक–पटक स्थगित गरिएको थियो ।