अबको प्रधानमन्त्री प्रचण्ड – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९
2.4K
SHARES

१३ कार्तिक गोरखा। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्। आइतबार गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्।

गोरखा क्षेत्र–२ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बनेपछि जिल्लाको विकास हुने भट्टराईको दाबी छ। उनले भने, ‘कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री।

यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना पूरा नहुने कुरै छैन।’ प्रचण्ड गोरखा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेशसभा सदस्य उम्मेदवार रहेका छन्।