संविधान बचाउन गठबन्धन गर्नुपरेको हो – नेता भुसाल
१४ कार्तिक काठमाडौं । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उमेदवारी दिएका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताएका छन् ।
सोमबार रूपन्देही क्षेत्र नम्बर १, ‘ख’ को निर्वाचन प्रचार प्रसार तथा परिचालन मुल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्दतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताएका हुन् ।
ओलीले पार्टीलाई नै कब्जा गरेर संविधान माथि प्रहार गरेको पनि बताए । उनले ओलीको दम्भका कारण आफूले पार्टी त्याग गर्नुपरेको बताउँदै लोकतन्त्र रोज्ने कि ओली रोज्ने क्रममा आफूले संविधान बचाउने काम रोजेको जिकिर गरे । भुसालले राजनीति स्थिरता ,देशको विकास,समृद्धिका लागि पनि आफूहरूले जित्नुपर्ने बताए ।