चुनाव विथोल्ने विप्लव नेकपाको निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९
2.2K
SHARES

१५ कार्तिक काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ।

मंगलबार सो पार्टीले काठमाडौंको कमलादीमा पत्रकार सम्मेलन गरी चुनाव विथोल्ने निर्णय भएको सार्वजनिक गरेको हो।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए। चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको उनले बताए।