सत्ता गठबन्धनको सरकार अलच्छिना सरकार – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९
3.3K
SHARES

१६ कार्तिक काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौं-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यसपटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताएका हुन्।

उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकिर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने दावी गरे।अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलच्छिना सरकारको संज्ञा दिए।

उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउन नहुने बताए।