विप्लव नेकपाका कार्यकर्ता पक्राउ
१८ कार्तिक काठमाडौं। निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले नवलपरासी पूर्वबाट नेकपाका केन्द्रीय सदस्य शरद वली, जिल्ला सचिव गङ्गा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्नालाई पक्राउ गरेको हो।
नवलपरासी पूर्वमा उनीहरू निर्वाचन बहिष्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन्।