विकासप्रति प्रतिवद्ध नेत्रीलाई फेरि जिताउन आतुर छौं – ललितपुर-३ का मतदाता
२० कार्तिक ललितपुर। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केही उम्मेदवार दोहोरिएका छन्। यसअघिका निर्वाचनका क्रममा व्यक्त प्रतिवद्धता भुलेको भन्दै पुनः निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारसँग मतदाताले प्रश्नको भारी तेर्साउने गरेका छन्। उम्मेदवारको चर्को आलोचना र उनीहरुको कार्यशैलीप्रति टिप्पणी हुने गरेको छ।
तर ललितपुर क्षेत्र नं ३ मा भने फरक अवस्था देखिएको छ। वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा रहेका वर्तमान सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल घरदैलोमा पुग्दा मतदाताले प्रश्न नभई शुभेच्छा प्रकट गरिरहेका छन्। अघिल्लो निर्वाचनका क्रममा व्यक्त अधिकांश प्रतिवद्धता पूरा भई जनताले त्यसबाट प्रत्यक्ष लाभ आफूहरूले लिइरहेको र आगामी दिनमा जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेत्रीका रुपमा मन्त्री भुसालाई विजयी गराउन आतुर रहेको मतदाताको भनाइ छ।
शुक्रबारदेखि औपचारिक रुपमा घरदैलो कार्यक्रम शुरु गर्नुभएका मन्त्री भुसालले आज ललितपुर महानगरपालिका वडा नं २३ र २४ मा मतदातासँग प्रत्यक्षरुपमा साक्षात्कार गरिन्। घरदैलोका क्रममा मतदाताहरुले विकासप्रति प्रतिबद्ध नेत्रीलाई नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझावसहित निर्वाचनमा विजयी गराउन आतुर रहेको बताए।
शनिबार गठबन्धनका साझा उम्मेदवारका रुपमा उनले वाम–लोकतान्त्रिक पार्टी सम्वद्ध शिक्षक सङ्घसङ्गठन, मिलनवस्ती टोल सुधार संस्थाका पदाधिकारी, सम्पूर्ण तमु समाज ललितपुर र धापाहाइट विकास समाजसँग अन्तरक्र्रिया गरिन्। सो क्रममा उनले आफू आगामी दिनमा जनअपेक्षा पूरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्। “म जनताको शीर झुक्न दिन्न’, उनले भने, “देश र जनताको स्वाभिमान सधैँ उँचो राख्नेछु।’
ललितपुरवासीको गुणस्तरीय जीवन जीउन पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्न आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ। आफूले विगत पाँच वर्षमा ललितपुरको कला, संस्कृति, सम्पदाको प्रवद्र्धन र संरक्षणमा सक्दो सहयोग गरेको बताइन्। ललितपुरलाई उत्कृष्ठ सहरका रुपमा व्यवस्थित गर्ने सुस्पष्ट योजनाका साथ आफू अगाडि आएको जनाउँदै उहाँले स्वच्छ पर्यावरणमा रम्न पाउने ललितपुरवासीको चाहनालाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गरेकी छन्। उनले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताइन्। ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उनको दृढता छ।
गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ। मन्त्री भुसालले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सारेकी छन्। पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
मङ्सिर १ गतेसम्म निरन्तर घरदैलो अभियान
आगामी मङ्सिर १ गतेसम्म सो क्षेत्रभित्र पर्ने सबै वडा तथा टोलमा उम्मेदवारसहितको घरदैलो कार्यक्रम आयोजना गरिएको छ। गठबन्धननको संयुक्त वडा परिचालन कमिटीले वडाभित्रका टोल र वस्तीको पहिचान गरी घरदैलोको रुट तयार गर्नेछ। त्यस्तै वडा निर्वाचन परिचालन कमिटीले मतपत्र, घोषणापत्र तथा उपलब्ध प्रचार सामग्रीसहित मातहतको टोल कमिटी परिचालन गरी नियमित घरदैलो कार्यक्रम गर्नेछन्।
निर्वाचन प्रचारप्रसार तथा परिचालन समितिका अनुसार यही कात्तिक २० गते ललितपुर महानगरपालिका वडा नं २६ र २७, कात्तिक २१ गते ललितपुर महानगरपालिका वडा नं १०, कात्तिक २२ गते ललितपुर महानगरपालिका वडा नं २, कात्तिक २३ गते ललितपुर महानगरपालिका वडा नं २१ र २२, कात्तिक २४ गते ललितपुर महानगरपालिका वडा नं १३ र १४ तथा कात्तिक २५ गते ललितपुर महानगरपालिका वडा नं ३ मा घरदैलो कार्यक्रम हुनेछ।
कात्तिक २६ गते ललितपुर महानगरपालिका वडा नं १५, कात्तिक २७ गते ललितपुर महानगरपालिका वडा नं २० र ५, कात्तिक २८ गते ललितपुर महानगरपालिका वडा नं ४, कात्तिक २९ गते ललितपुर महानगरपालिका वडा नं १८, कात्तिक ३० गते गोदावरी नगरपालिका वडा नं १२ तथा मङ्सिर १ गते ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा घरदैलो कार्यक्रम गर्ने कार्यतालिका छ।
पछिल्लो ५ वर्षभित्र मन्त्री भुसालको पहलमा ललितपुरमा केके काम भए ?
–ग्वार्को, सात दोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाइओभरको अध्ययन सम्पन्न ।
–बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु।
–पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)
–राजकुलो पुनः निर्माण तथा संरक्षण र सिँचाइ स् भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्धि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्धि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ आदि।
–झोलुङ्गे पुलहरूको निर्माण स् बालकुमारी–ओखातबस्ती जोड्ने पुल, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने सांस्कृतिक पुलको पुनःनिर्माण।
–सडक निर्माण तथा स्थरोन्नती (मगरगाउँ–वाइवाइ फ्याक्ट्री, अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत) –ललितपुर जिल्ला अन्तर्गगत डिभिजन सडक कार्यालयबाट भएका कामहरु।
–नदी तथा पहिरो नियन्त्रणका कार्यहरू (धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायत)
–भूकम्पपछिको पुनःनिर्माण (खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू) ।
–महिला सशक्तीकरणका कार्यहरू स् सुनाकोठी, खोकना, बुड्मति लगायत।
–खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना।
–खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण।
–खानेपानी स् बत्सलादेवी खानेपानी आयोजनामापÞर्mत् सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ। फर्सीडोल, फैचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण लगायत।