नेता गौतमले मागे झाँक्रीलाई भोट


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
1.7K
SHARES

२० कार्तिक काठमाडौं । नेकपा (एमाले)का नेता शेषकान्त गौतमले नेकपा (एकीकृत समाजवादी)की उमेदवार रामकुमारी झाँक्रीको पक्षमा मतदान गर्न  आह्वान गरेका छन् । उनले गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेकी झाँक्रीको पक्षमा मत मागेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै गौतमले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याएकी झाँक्रीलाई मत दिनु उचित ठानेको उल्लेख गरेका छन् । गुल्मी–२ बाट एमालेका गोकर्ण विष्ट पनि उमेदवार छन् ।

गौतम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि एमालेको स्थानीय कमिटीबाट सिफारिसमा परेका थिए । तर, उनलाई उमेदवार नबनाएपछि आक्रोश पोखेका हुन् ।