नेता धिताल तीव्र गतिमा घरदैलो अभियानमा
२० कार्तिक गोरखा । गोरखामा वाम लोकतान्त्रिक गठबन्धनका साझा तथा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण धिताल मतदाताको घरदैलो अभियानमा व्यस्त भएका छन् ।
निर्वाचन आयोगले बिहीबारदेखि राजनीतिक दलका उम्मेदवारलाई प्रचारप्रसार तथा घरदैलो अभियान गर्न दिएसँगै धिताल मतदाताको घरदैलो अभियानमा व्यस्त भएका हुन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क)का उम्मेदवार कृष्ण धिताल मतदाताको घरदैलोमै पुगेर भोट माग्न व्यस्त छन् । घरदैलो अभियानकै क्रममा गोरखा नगरपालिका–३ को टोलटोलमा पुगेर मतदाता रिझाउँदै मत माग्न व्यस्त भएका हुन् ।
धिताल मतदाताको घरदैलोमा पुगेपछि उहाँहरू उत्साही भएको प्रतिक्रिया दिए । विगतका वर्षहरुमा गोरखाली जनताका सारथी बन्दै आएका उनी यसपटक प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् ।