पाँचवटा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २२ २०७९
2.9K
SHARES

२२ कात्तिक सुर्खेत । मंसिर ४ गते हुने निर्वाचन नजिकिएसँगै कर्णाली प्रदेशमा विभिन्न पार्टीका शीर्ष नेताहरूको चुनावी दौड सुरु भएको छ । आज मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका विभिन्न जिल्लाका पाँच स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभा सम्वोधन गर्न आज प्रचण्डले जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड, कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजना गरिएको चुनावी सभामा सहभागी जनाउने छन् ।