बुथ कब्जा गरेर जित्छु भन्ने नसोचे हुन्छ – प्रमुख निर्वाचन आयुक्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १ २०७९
2.2K
SHARES

१ मंसिर काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनमा मतदाताभन्दा बढी मतपत्र खस्ने अवस्था नरहने बताएका छन् ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अस्वभाविक रुपमा मत खसेको भेटिए फेरि निर्वाचन हुने बताए ।

“यो पटक मतदाताभन्दा बढी मत हुने छैन । कुन–कुन मतदान केन्द्रका कति मत खस्यो भनेर हेर्छौं । अस्वभाविक भएको छ भन्ने लागे फेरि निर्वाचन गउनले बुथ कब्जा गरेर जित्छु भन्ने सोचाइ नराख्न चेतावनी समेत दिए । “कतै कसैले बुथ कब्जा गरेर जित्छु भन्ने सोचाइ नराखे हुन्छ । बुथ कब्जा गरेर जितेर आउनेले तपाईं हाम्रो हित गर्दैन । त्यो बेइमान हो,” थपलियाले भने ।