यस कारण मनाङेलाई २५ हजार जरिबाना


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर ३ २०७९
1.6K
SHARES

३ मंसिर काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उमेदवार एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ…३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ” भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिबाना गरेको हो । गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।