प्रदीप ३३ सय मतले अगाडि


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ६ २०७९
1.9K
SHARES

६ मंसिर काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस नेता प्रदीप पौडेलले ३ हजार ३५३ मतले अग्रता लिएका छन् । हालसम्म यहाँँ ३२ हजार ८० मत गणना भएको छ ।

प्रदीपले १० हजार ५७२ मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ७ हजार २१९ मत पाएका छन् ।
१३ हजार ९०७ मतगणना गर्न बाँकी छ ।