यी स्थानमा हुन सकेन मतगणना, यस्तो छ कारण
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ६ २०७९
1.3K
SHARES
६ मंसिर काठमाडौं । निर्वाचन आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको जनाएको छ । आयोगका अनुसार मतपेटिका संकलन तथा पुनः मतदान हुन नसकेका लगायतका कारणले मतगणना हुन नसकेको हो ।
दोलखा र स्यांजा २ मा मतपेटिका संकलन सकिएको छ भने गुल्मीमा एक स्थानको पुनःमतदान सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । यस्तै डोटी, मुगु, हुम्ला र बाजुरामा पनि मतपेटिका संकलन भइरहेको छ भने सुर्खेत १ मा पुनः मतदान सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट
