अहिले सम्म समानुपातिकमा कुन दलको हिस्सा कति ?
८ मंसिर काठमाडौं । देशभर जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । दोस्रोमा नेकपा (एमाले) छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) हुँदा चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।
समानुपातिकमा भने एमालेले अग्रता कायमै राखेको छ । बिहान ६ बजेसम्मको मत परिणामअनुसार एमालेले चार लाख ५६ हजार ६०९ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको चारलाख २० हजार २०५ मत छ । कांग्रेस एमालेभन्दा ३६ हजार ४०४ मतले पछाडि छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ३७ हजार १७३ मत ल्याएको छ । चौँथो स्थानमा रहेको माओवादी केन्द्रले एकलाख ९३ हजार ८२० मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीभन्दा ४३ हजार ३५३ मतले अगाडि छन् ।
पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकलाख २४ हजार ९३३ मत ल्याएको छ । छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले ५८ हजार ७ मत ल्याएको छ ।