एमालेका महेश बर्तौला निर्वाचित


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ८ २०७९
2.1K
SHARES

८ मंसिर मकवानपुर। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर९२ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्। बर्तौलाले ४ हजार ५२० मतान्तरले चुनाव जितेका हुन्।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडालाई पराजित गरेका हुन्। खतिवडा राजनीतिक रुपमा बर्तौलाको गुरु हुन्। बर्तौलाको राजनीति जीवन खतिवडा कै छत्र छायाँमा विकास भएको हो।

कुल ८६ हजार ३०१ मत गणना गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए। यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए।