गोकुल बाँस्कोटा निर्वाचित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
2.4K
SHARES

९ मंसिर काभ्रे। काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन्। नेता बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए। यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।