झलनाथ हार्ने निश्चित, २५ सय मतले पछि परे


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ११ २०७९
1.5K
SHARES

११मंसिर काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको संकट बढ्दै गएको छ। ताजा अवस्थामा खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २५ सय बढी मतले पछि परेका छन्।  इलाम क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतले जितिसकेको अवस्थामा १ मा पनि एमालेले जित्नेतर्फ अग्रसर भएको हो।

शनिबार दिउँसो २ बजेसम्मको परिणामअनुसार त्यहाँ नेकपा एमालेका नेता महेश बस्नेतले २४ हजार ३०४ मतसहित अग्रता स्थानमा छन्। अर्कातिर सुरुदेखि नै पछि परिरहेका खनालले अहिले २१ हजार ८०२ मत ल्याएका छन्। उनी अहिले २५ सय २ मतले पछि परेका छन्।  इलाम-१ अब अब ३४ सय १४ गन्न बाँकी रहेको छ। मतगणनास्थलमा रहेका युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलका अनुसार अहिले मतगणना अन्तिमतिर पुग्दैछ ।

पछि परेको अवस्थामा खनालले त्यहाँ पुन: गणना गर्नुपर्ने माग गरेका थिए। उनले सुरुमा ५ सय मत तलमाथि गरिएको बताएका थिए। त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिएका थिए।