बधाई-शुभकामना र खादामाला होइन, सुझाव दिनुहोस् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १३ २०७९
1.6K
SHARES

१३ मंसिर काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई, शुभकामना र खादाको ठाउँमा सुझाव दिन आग्रह गरेको छ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरी केही सुझाव भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्षको नीजि सचिवालयको इमेलमा पठाई सहयोग गर्न आग्रह गरेका हुन्।

स्वकीय सचिव मल्लले आवश्यक छलफल र भेटघाटको लागि भने समय व्यवस्थापन गर्न कोसिस भइरहेको बताए।