समानुपातिकतर्फ ९५,७९,६५१ मतगणना , कसको कति ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १३ २०७९
1.6K
SHARES

१३ मंसिर काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । मंगलबार बिहान पौने १० बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ८५ हजार ८१४ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ५३ हजार ७५ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख एक हजार ३६० मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले १० लाख ७१ हजार ४१४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ५२ हजार ४० मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख ५८ हजार ३१८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ५६८ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ६४ हजार ५०० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ४५ हजार ३०० मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ३७ हजार ८८१ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म ९५ लाख ७९ हजार ६५१ मतगणना गरिएको छ ।