कांग्रेसका कार्की ३२८ मतले अगाडि


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १४ २०७९
1.4K
SHARES

१४ मंसिर काठमाडौं । सुनसरी क्षेत्र नंं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसको अग्रता कायम छ । कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका हुन् । उनको पक्षमा पछिल्लो मतपरिणाम अनुसार २६ हजार ५६३ मत खसेको छ ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार जगदीश कुसियैतले २६ हजार २३५ मत पाएका छन् । कार्की ३२८ मतले अगाडि छन् ।  उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबार दिउँसोबाट सुरु भएको हो ।