समानुपातिकतर्फ १ करोड मतगणना, कुन दलको मत कति ?


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १४ २०७९
1.5K
SHARES

१४ मंसिर काठमाडौं। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको हो। नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार मत प्राप्त गरेर तेस्रो दल बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ। निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ। आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ। प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ। मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ।