एकीकृत समाजवादीलाई मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गरौँ – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १४ २०७९
1.7K
SHARES

१४ मंसिर काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभा तर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै शर्माले आफै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस् भनेर कामना पनि गरेका छन् । यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  ‘पहिलो कुरा अबको  बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ ’ शर्माले लेखेका छन् , ‘थोरैले अपुग हुन गएमा अव चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी)लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ !’