सुकुटे पुगे प्रचण्ड
१४ मंसिर काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक सदस्यका साथ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। पूर्व सभामुख अग्निप्रसाद सापकोटासहित प्रचण्ड सुकुटे पुगेका हुन्।सुकुटे पुगेका प्रचण्डले र्याफ्टिङसमेत गरेका छन्।
प्रचण्ड, सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत भोटेकोसी नदीमा र्याफ्टिङ गरेका हुन्।
अहिले भर्खरै सकिएको चुनावको दौडधुपपछि विश्राम गर्न उनी त्यहाँ पुगेका हुन्। प्रचण्ड बेला बेलामा सुकुटे जाने गरेका छन्। उनी भलिबल, र्याफ्टिङ, टेबलटेनिस जस्ता खेलहरु खेल्नेसमेत गर्दछन्। राजनीतिक तनावपछि रिफ्रेस हुन सुकुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचन लगत्तै सुकुटे पुगेका हुन्।