दोलखामा प्रतिनिधिसभा प्रत्यक्षको मतगणना स्थगित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १६ २०७९
1.5K
SHARES

१६ मंसिर दोलखा। दोलखामा प्रतिनिधिसभा प्रत्यक्षको मतगणना स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १ सय ४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत ल्याएका छन्। दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो।