सकियो समानुपातिकतर्फको मतगणना : कसले कति पाए सिट ?
२० मंसिर काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ । आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो । समानुपातिक मत अनुसार नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ।
त्यस्तै कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्र समानुपातिकतर्फ तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । राप्रपाले समानुपातिकमा ७ सिट प्राप्त गरेको छ । त्यस्तै जनमत पार्टी र जसपाले ५/५ सिट समानुपातिकमा पाएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा ११० जना निर्वाचित हुन्छन् ।