श्रीमतीको टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेपछि…
२० मंसिर काठमाडौ। सुर्खेतमा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् ।पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले मगरले आज श्रीमतीको हत्या गरेर टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेका हुन् ।
३८ वर्षीय मगरले मिना आले मगरको धारिलो हसियाले घाँटी काटि टाउको पलास्टिको थैलोमा हालेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकि नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीयले पछाडिबाट ती व्यक्तिको तस्बिर लिएका थिए ।
हाल आलेलाई ईलाका प्रहरी कार्यालय बाबियाचौर राखिएको छ । प्रहरीले आलेलाई नियन्त्रणमा लिएको भएतापनि के कारणले श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन । इप्रका प्रमुख प्रहरी निरीक्षक टिक प्रसाद देउवाले पैसाको विषयमा श्रीमतीसँग झगडा परेको बुझिएको बताए ।
उनले भने, ‘अम्मर बहादुर आले वैदेशीक रोजगारको लागि विदेश गएको र त्यहाँबाट फर्केपछि गत वैशाखमा रोजगारीको लागि भारत गएको समेत खुलेको छ । पैसाको विषयमा झगडा परेको बुझिएको छ । थप कुरा अनुसन्धानपछि थाहा हुनेछ ।’ उक्त घटना स्थलमा १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको प्रहरी निरीक्षक देउवाले बताए ।