दार्चुला घटना बारे सरकारलाई अखिल (क्रान्तिकारी)को चेतावनी


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २१ २०७९
3.8K
SHARES

२१ मंसिर काठमाडौं । अखिल क्रान्तिकारी पवन कार्की समूहले दार्चुला र धार्चुला जोड्ने पुलनजिक भारतले एकतर्फीरुपमा नदीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध निर्माण गर्न लागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै तटबन्ध निर्माणका गर्ने विषयमा भएको विवादमा भारतीय प्रहरी र कर्मचारीले नेपाली जनतामाथि ढुङ्गामुढा प्रहार गरी घाइते बनाइएको प्रति क्रान्तिकारीले भारतीय पक्षको दादागिरीको घोर भर्त्र्सना गरेका छन् ।

सीमाक्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध पहरेदारको रुपमा आफूहरु उभिने पनि विज्ञप्तिमा भनिएको छ । क्रान्तिकारीले सरकारले मुकदर्शक बनेर मौनता साँचेर निर्लज्जता देखाएको प्रति पनि ध्यानाकर्षणसहित समस्या समाधानको पहल गर्न माग गरेको छ ।