अर्जेन्टिना विश्वकपको फाइनलमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
3.3K
SHARES

२८ मंसिर काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो।अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा अल्भारेजले आफ्नै क्षेत्रबाट बल अगाडि बढाएर सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए।

६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।