प्रधानमन्त्री बन्ने बारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया
४ पुस काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताएका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन।’
प्रचण्डले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै एमालेसँग कांग्रेसको पनि कुराकानी भएको बताए। अध्यक्ष प्रचण्डले राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भनेपनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए।