आज एमालेका नवनिर्वाचित सांसदको भेला


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ५ २०७९
1.6K
SHARES

५ पुस काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भेला आह्वान गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिकाका बारे जानकारी गराउनका लागि भेला आयोजना गरिएको हो ।

भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षका उमेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् । भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट जितेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ९१ र समानुपातिकतर्फ ७० सिटमा विजय प्राप्त गरेको छ ।