कम्युनिष्टहरुमा न प्रतिशपर्धा, न त बैज्ञानिक मुल्यांकन पद्दति – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ५ २०७९
6K
SHARES

५ पुस काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामाङले आफ्नो पार्टी भित्र कुनै प्रतिशपर्धा नरहेको बताएका छन ।

नेपाली काग्रेसको संसदीय चुनावको  परिघटनालाई मध्यनजर गर्दै उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन-पुस्तान्तरणको सघन बहस संगै लोकतान्त्रीक पद्दती अबलम्बन गरेका कारण पनि नेपाली कांग्रेसमा आन्तरिक प्रतिशपर्धालाई सामान्य प्रकृया मानिन्छ ।
तर आफुलाई असाध्यै जनबादी मान्ने कम्युनिष्टहरुको आन्तरिक पक्ष न प्रतिशपर्धामा आधारित छ,न त समय सापेक्ष,बस्तुगत आवश्यकताको आधारमा छ, न त न्यायपुर्ण बैज्ञानिक मुल्यांकन पद्दति छ ???
#सबै पार्टीमा परिक्षित पुस्ताको प्रतिस्थापन अनिवार्य छ,
कतै चाडो,कतै ढिलो होला ।
#बिपिको बिचार,गणेशमान सिंहको त्याग र किसुन जीको सादगीपनको जगमा खडा भएको कांग्रेसले आफुलाई कसरी अधि बढाउछ ??
हाम्रा लागी यो राजनीतिक सरोकारको बिषय हो ।