पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान्छु – सभापति देउवा
६ पुस काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन्।
बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनले सांसदहरुलाई धन्यवाद दिएका हुन्। उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए।
उनले पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त गर्ने बताए। कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत प्राप्त गरेर विजयी भए।