देउवा धुम्बाराहीमा घर भाडामा लिएर बस्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १२ २०७९
2.8K
SHARES

१२ पुस काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पद गुमेपछि बालुवाटार भोली खाली गर्ने तयारीमा जुटेका छन् । बुढानिलकण्ठमा रहेको निजी घर पुननिर्माण चलिरहेकाले देउवा धुम्बाराहीमा एक घर भाडामा लिएर सर्न लागेका हुन् ।

देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३÷४ महिना नै लाग्छ । १० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।