अभिनेत्री करिश्माको चरित्रहत्या गरेको आरोपमा डिल्ली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
3.4K
SHARES

५ फागुन काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

टकेन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिए ।