प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका जेल चलान


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १३ २०७९
2.9K
SHARES

१३ चैत काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

प्रशासन कार्यालयले उनीहरूसँग हिजो आइतवार धरौटी मागेको थियो । जेल चलान हुनेहरूमा सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्का रहेका छन् । गएको चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला उनीहरूले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्ने क्रममा मुख थुनेको भन्दै विरोधसमेत भएको थियो ।