नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्ने मुख्य योजनाकार शर्मा पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९
3.2K
SHARES

२९ चैत्र काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार पक्राउ परेका छन् । प्रहरी दाङ घर भएका सन्देश शर्मालाई पक्राउ गरेको हो । एमाले निकट विद्यार्थीका नेता समेत रहेका शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीको खोजी सूचीमा रहेका उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले  जानकारी दिए । सोही प्रकरणमा यसअघि प्रहरील केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ ।  शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।