यौन दुर्व्यवहार आरोपमा पक्राउ परे मदन राई
२९ वैशाख काठमाडौं । आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्। उनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।
राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।
उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो। मदनले फाउन्डेनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी सार्वजनिक भएको थियो।