प्रधानमन्त्रीको सल्लाहकार हुँ’ भन्दै ठगी गर्ने यी दुईजना पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ७ २०८०
4.5K
SHARES

७ साउन काठमाडौं । ‘प्रधानमन्त्रीको सल्लाहकार हुँ’ भन्दै ठगी कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

४५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन ८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र नागार्जुन ८ का २३ वर्षीय बिशाल खनाललाई कोटेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुले ‘प्रधानमन्त्री सुशासन सल्लाहकार तथा प्रमुख नेताहरुसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वाश दिलाएर विभिन्न कागजातमा सहीछाप गराएर’ उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी समेत जारी भएर ना४च ८६७० नम्बरको स्कोरपियो जिपसहित फरार रहेका दुवैजनालाई कोटेश्वरबाट पक्राउ गरेर थप अनुसन्धान एवं कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको प्रहरीले जनाएको छ ।