१२ को नतिजा नआउँदै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २५ २०८०
3.4K
SHARES
२५ साउन काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।
साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट