मिटरब्याजी आरोपमा एक महिला पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २५ २०८०
6.2K
SHARES
२५ साउन जनकपुरधाम । सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो ।साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट