गाउँपालिका अध्यक्ष जुवाखालबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ८ २०८०
5.9K
SHARES

८ भदौ काठमाडौ । पोखराबाट जुवा खेल्दै गरेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ परेका खुलेको छ। पोखरा महानगरपालिका-८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।

तर पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ। गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ।

जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनलाई छुटाउन कास्की कांग्रेस नेताहरु सक्रिय भएका छन्। लालचनलाई छुटाउन गण्डकीका पूर्व मन्त्रीहरु र कांग्रेसका नेताहरु जुटेर दबाब दिइरहेको प्रहरी स्रोतले उल्लेख गरेको छ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीलेका अनुसार पक्राउ परेपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झुक्काएका थिए।जुवाखालबाट उनीसहित मुस्ताङको घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन पक्राउ परेका छन्। उनीहरुलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।