उत्पादनमा क्रान्ति नगरेसम्म परिवर्तन सम्भव छैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०
1.7K
SHARES

१० भदौ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन्। आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीलाई उद्घान एंव सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री प्रचण्डले बिरूवामा जल सिंचित गरेर गरेका थिए। सो कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ।  कार्यक्रमलाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हरित अभियानको अर्थपूर्ण र दिघर्कालिन रणनीति महत्त्व छ। उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन। माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो।’

सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउन लाग्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए।उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिएउ।  प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तेस्तो ठाउँको अध्यनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए।