कोशीमा गठबन्धनले फोहोरी खेल खेल्यो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०
1.8K
SHARES

१० भदौ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खलेको बताएका छन् । प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको उनको टिप्पणी छ । नेकपा एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा बलमिच्याइँ भएको बताए ।

‘कोशी प्रदेशमा गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन्’, ओलीको भनाइ थियो । प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रको गठबन्धन चुपचाप रहेको बताउँदै ओलीले भने, ‘अदालतले सरकार गठन अवैध भनिसकेको छ उनीहरू अझै यसलाई स्वीकार्न तयार देखिँदैनन् ।’

गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप छ । गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनले बताए ।